logo
२०८० चैत्र १५ बिहीवार



अछामबाट सुत्केरीको निःशुल्क हवाइ उद्धार

खुला |
प्रदेश |


अछामबाट सुत्केरीको निःशुल्क हवाइ उद्धार


शिवराज ढुंगाना
अछाम, मंसिर १३ गते । सुत्केरी गम्भीर भएपछि साँफेबगर नगरपालिका निवासी एक महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट निःशुल्क उद्धार गरिएको छ । साँफेबगर नगरपालिका– १० घुगुरकोट निवासी २० वर्षीया सम्झना विकको रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको हो ।

आइतबार बेलुकी सुत्केरी व्यथापछि बयलपाटा अस्पताल लगिएपछि सोमबार बिहान छोरी जन्मेपछि रक्तश्राव नरोकिँदा रेफर गर्नुपरेको अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले जानकारी दिनुभयो ।

“चार प्वाइन्ट रगत पनि दियौं, तर रगत बग्ने क्रम नरोकिएपछि रेफर गर्नुको विकल्प थिएन ।” उपचारमा संलग्न बयलपाटा अस्पतालका डा. दिल शाही रोकाको भनाइ छ । कमै उमेरमा विवाह गरेर गर्भवती तथा सुत्केरी अवस्थामा महिलालाई निकै जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछाममा १३ जना महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?