logo
२०८० चैत्र १६ शुक्रवार

  क्षतिग्रस्त मेलम्ची खानेपानीकाे ड्याम  



सिनाे हाइड्राेबाटै मर्मत गरिने, यसै हप्ताबाट फिल्डमा काम थाल्ने तयारी

पढ्नै पर्ने |
राष्ट्रिय |


सिनाे हाइड्राेबाटै मर्मत गरिने, यसै हप्ताबाट फिल्डमा काम थाल्ने तयारी


काठमाडौं, माघ ९ गते । गत असार १ गते आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट गर्ने निर्णय गरेको छ । भेरिएसनका आधारमा भुक्तानी दिने गरी काम अघि बढाउन सिनो हाइड्रोसँगै सम्झौता गर्ने प्रक्रिया अघि बढाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

मंगलबारसम्ममा सम्झौताको काम सकेर यसै हप्तादेखि फिल्डमा काम सुरु गर्ने तयारीका साथ काम अघि बढाएको पौडेलले बताउनुभयो । समितिले यसै चैत महिनाभित्र काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको छ । तर काम सुरु गर्न ढिलाइ भएकाले लक्ष्य पूरा गर्ने समय केही पछि धकेलिन सक्ने उहाँको भनाइ छ । तर मुहान र अन्य कार्यक्षेत्रमा कामदारका लागि अस्थायी आवास निर्माणको काम सुरु भएको छ ।

बाढीपहिरोले प्रभावित बनाएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । मेलम्ची खानेपानी समितिले कार्ययोजना बनाएर काम अघि बढाउने बताए पनि सात महिनासम्म काम ढिलाइ गरेर प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको उपभोक्ताको आरोप छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।

बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्ब ८८ करोड रुपियाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिब ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा मेलम्चीको पानीलाई धाराबाट उद्घाटन गर्नुभएको थियो ।

२०२९ मा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन शुरु भएको थियो भने २०६४ मा नेपाल सरकार र प्रमुख दाता एशियाली विकास बैंकबीच आयोजना पुनःसंरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति सहित काम अघि बढाए पनि हालसम्म काम पूरा हुन नसक्दा उपात्यकाका उपभोक्ताहरु तत्काल प्रभावकारी काम अघि बढाएर पानी उपलब्ध गराउन माग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?