logo
२०७९ जेष्ठ १० मंगलवार



कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

राष्ट्रिय |


कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण


काठमाडौं, माघ १३ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो ।

पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनुभयो । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहनुहुने उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?