logo
२०८० चैत्र १६ शुक्रवार



न्यूरोसर्जन सुविधा नभएको अस्पतालमा विरामी पठाउँदा उपचारमा समस्या

स्वास्थ्य |
प्रदेश |


न्यूरोसर्जन सुविधा नभएको अस्पतालमा विरामी पठाउँदा उपचारमा समस्या


गोविन्द शर्मा
बाँके, माघ १४ गते । कालिकोटको शुकामना ५ का १६ बर्षिय गजेन्द्र बोहरा गाउँमै बाख्रा चराउने क्रममा लडेर घाइते हुनुभयो । उहाँको टाउकोमा गम्भिर चोट लाग्यो । उहाँलाई माघ ४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएकोमा परीक्षणमा कोभिड पोजिटिभ देखिएपछि माघ ५ गते भेरी अस्पतालमा रिफर हुनुभयो । भेरी अस्पतालमा न्यूरोसर्जन नभएको अवस्थामा गम्भिर विरामीलाई भेरीमा पठाइएपछि उपचारका क्रममा माघ १२ गते बोहराको निधनभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बोहराकोउपचार अभावमा निधन भएको जानकारी दिनुभयो । सुविधा सम्पन्न अस्पतालबाट न्यूरोसर्जन नभएको भेरीमा गम्भिर विरामीलाई उपचारका लागि रिफर गरी पठाइयो, अध्यक्ष धितालले भन्नुभयो, “शिक्षण अस्पतालले एन्टिजेन परीक्षण गरेर पोजिटिभ देखिए भेरीमा विरामी पठाउने हुँदा समग्र उपचार सेवा प्रभावित भएको छ ।

पछिल्लो समय भेरीमा प्रसुतीका लागि आउने गर्भवती महिलाको संख्या बढेको छ । अस्पताल प्रसुती वार्डमा कार्यरत चिकित्सक डा. कल्पना थापा बाहेक अधिकांश चिकित्सक आफै पोजिटिभ हुनु भएपछि प्रसुती सेवा समेत प्रभावित भएको छ । डा. थापाले एकै दिनमा १२ जनासम्म महिलाको शल्यक्रिया गर्नुपरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विवि चन्दले अन्य अस्पतालबाट भेरीमा कोभिडका विरामी रिफर भई आउनेक्रम बढेपछि सेवा प्रवाहमा केही समस्या भएपनि हालसम्म ब्यवस्थापन गरिएको बताउनुभयो ।

कोभिड पोजेटिभ हुनासाथ गम्भिर विरामी भेरीमा पठाउँदा उपचारमा कठिनाई हुने भन्दै चन्दले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समस्या सम्बोधनका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?