भर्टिकल पाइप राख्ने काम सफल, मङ्सिरमा उत्पादन थाल्ने
गोरखापत्र अनलाइन ,
असार ८, २०७७ सोमबार
दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित उच्च हिमाली क्षेत्रमा निर्माणाधीन खानीखोला–१ जलविद्युत आयोजनाको सबैभन्दा जटिल भर्टिकल सुरङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर –७ मार्बुस्थित कोप्लाङमा निर्माणाधीन ४० मेगावाट आयोजनाको निकै जटिल र पटकपटक आयोजनालाई समेत पछाडि धकेल्ने गरेको भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएसँगै आयोजना सम्पन्न हुने मिति नजिकिएको छ ।
दुई दशमलव दुई डायमिटरको...