जुट खेती प्रवद्र्धनमा बजेट आएन
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
वार्षिक सात अर्ब रुपियाँ बराबरका जुटका सामग्री भारत निर्यात हुँदै आए पनि यसको खेती प्रवद्र्धनका लागि सङ्घ तथा प्रदेश सरकारको बजेट मौन देखिएको भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका छन् । प्रदेश १ को झापा, मोरङ, सुनसरी र उदयपुरमा जुट बाली प्रवद्र्धनका लागि बजेटले नसमेटेको भन्दै सुनसरी–मोरङ करिडोरका उद्योगीले चिन्ता व्यक्त गरेका हुन् ।