ब्याजदर घटाउन आग्रह
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
नेपाल उद्योग परिसङ्घले आगामी मौद्रिक नीतिले लगानी प्रवद्र्धन गर्न ब्याजदर घटाउँदै लैजाने नीति लिनुपर्ने सुझाव नेपाल राष्ट्र बैङ्कमा प्रस्तुत गरेको छ ।
हालको विषम परिस्थितिमा ब्याज पुँजीकरण गर्ने, कर्जाको समय बढाउनुपर्ने, थप कर्जा लिने व्यवस्थालाई सहज बनाई ऋणको पुनर्संरचना गरिनुपर्ने व्यवस्थाको समेत माग गरिएको छ ।