किसानले पाएनन् तरकारीको उचित मूल्य
रासस
जेष्ठ ३१, २०७७ शनिबार
बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ”, प्रतापपुर – ६ कठहवाका किसान इन्द्रेश...