विश्व बैङ्कद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत
रासस
जेष्ठ २९, २०७७ बिहीबार
विश्व बैङ्कले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ ।
सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने परियोजनाका निम्ति बैंकले उक्त रकम आज स्वीकृत गरेको हो ।