राष्ट्रियसभा बैठकः नापतौल विधेयक सर्वसम्मतिबाट स्वीकृत
रासस
जेष्ठ २७, २०७७ मंगलवार
“स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।