कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड
रासस
जेष्ठ २४, २०७७ शनिबार
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ । सांसदले दिगो अर्थतन्त्र विकासतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।