व्यावसायिक खेतीका लागि नयाँ बीउ तयार
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले उत्पादन गरेको नेपालको रामपुर वर्णशङ्कर १० मकै व्यावसायिक खेतीका लागि तयार भएको छ । अनुसन्धान कार्यक्रमका संयोजक डा. केशवबाबु कोइरालाका अनुसार यसअघि कार्यक्रमले गौरव, खुमल २, रामपुर वर्णशङ्कर २, ४, ६ र ८ को व्यावसायिक उत्पादनका लागि पठाइसकेको छ ।