logo
२०८० चैत्र १६ शुक्रवार



कट्रिनाको प्रि-वेडिङ डाइट प्लान

मनोरञ्जन |


कट्रिनाको प्रि-वेडिङ डाइट प्लान


काठमाडौं, मङ्सिर १८ गते । कट्रिना कैफ र विक्की कौशलको विवाह हुन अब केही दिन मात्रै बाँकी छ । तर अझै पनि यी जोडी भने मौन हुनुहुन्छ ।

विक्की र क्याट जयपुरबाट विवाह स्थल अर्थात सिक्स सेन्स फोर्ट बर्वारा हेलिकोप्टरबाट डिसेम्बर ५ मा जानुहुनेछन् । जयपुरदेखि बर्वाराको दूरी लगभग १८१ किमी छ ।

३८ वर्षीया कट्रिनाले गीतको सुटिङअघि राम्री र फिट देखिनका लागि प्रायः डाइट प्लान गनुहुन्छ । अभिनेत्री अब दुलही बन्नुअघि नै कडा डाइट चार्ट पालना गर्दैहुनुहुन्छ ।

उहाँले कार्बोहाइड्रेट, मिठाई र रोटी खान कम गर्नुभएको छ । कट्रिनाको निकटताका अनुसार कार्बोहाइड्रेट, ग्लुटेन, चिनीको कम प्रयोग गदै उहाँ धेरै तरकारी, सूप र सलाद मात्र खाँदै हुनुहुन्छ ।

यो डाइट प्लान विगत केही सातादेखि चलिरहेको छ र विवाह नभएसम्म जारी रहनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?