logo
२०८० चैत्र १५ बिहीवार



रत्न र रशिलालाई बाह्रबिसे कप ब्याडमिन्टन उपाधि

खेलकुद |


रत्न र रशिलालाई बाह्रबिसे कप ब्याडमिन्टन उपाधि


काठमाडौँ, मङ्सिर १८ गते । बाह्रबिसे कप खुला ब्याडमिन्टनको उपाधि रत्नजित तामाङ र रशिला महर्जनले जित्नुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार भएको फाइनलमा पुरुष एकलतर्फ आर्मीका खेलाडी रत्नले आर्मीकै नवीन श्रेष्ठलाई २१–१८, २१–१९ को सेटमा हराउँदै च्याम्पियन बन्नुभएको हो । उपाधिसँगै रत्नले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । दोस्रो हुनुभएका नवीनले ६५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आर्मीकै अमिता गिरीलाई २१–१६, २१–१६ सेटमा हराउनुभयो । उपाधिसँगै रशिलाले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । दोस्रो हुनुभएकी गिरीले २५ हजार रुपियाँ पाउनुभयो ।

शीर्ष बरियतामा रहेका २० खेलाडी बाहेकको पुरुष युगलतर्फ कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जित्नुभयो । फाइनलमा अधिकारी र खड्काको जोडीले आर्मीका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले हराउनुभएको थियो । उपाधिसँगै उहाँहरुले एक लाख र ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेता खेलाडीलाई बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुसिला  पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?