logo
२०८० चैत्र १६ शुक्रवार



एउटै नगरको छुट्टाछुट्टै सम्मेलन

मुख्य समाचार |
राजनीति |


एउटै नगरको छुट्टाछुट्टै सम्मेलन


ललिता साह
सप्तरी, मङ्सिर ११ गते। नेपाल कम्युनिस्ट माओवादी केन्द्रको राजविराजको प्रथम नगर सम्मेलनले पार्टीको तल्लो तहमा समेत दुई गुट रहेको प्रष्ट देखिएको छ। पार्टीले एउटै नगर राजविराजको शनिबारबाट सुरु भएको नगर सम्मेल दुई गुटले छुट्टाछुट्टै दुई ठाउँमा उद्घाटन गरिएको छ।

केही दिनअघि पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएका पूर्वमन्त्री समृत रहनुभएका उमेशकुमार यादव ग्रुपले जिल्ला समन्वय समितिको सभाहलमा मङ्सिर ११ गते शनिबार ११ बजेको समयमा जिल्ला अध्यक्ष उमेशकुमार यादवले नगर सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

एउटै समयमा राजविराजको स्टार डिलक्स होटेलको सभाकक्षमा युवा नेता महेश यादवले छुट्टै नगर सम्मेलनको उद्घाटन गर्नुभएको निर्वाचन समितिका संयोजक धनश्याम यादवले जानकारी गराउनु भएको छ।

युवा नेता महेश यादवले उद्घाटन गर्नुभएको सम्मेलनमा केन्द्रले तोकिएको धनश्याम यादवको संयोजकत्वमा रहेको पाँच सदस्य निर्वाचन समिति , प्रतिनिधि सभा सदस्यीय प्रमिलाकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।

एउटा सभाको अध्यक्षता नेता महेश यादव गुट मानिने नगर संयोजक रामगमन साहले गर्नुभएको थियो भने अर्को समन्वय समितिको सभाको अध्यक्षता उमेश गुटका मानिने नगर संयोजक भनालाल यादवले गर्नुभएको निर्वाचन संयोजक यादवले बताउनुभएको छ।

श्रोतका अनुसार जिल्ला अध्यक्ष उमेश यादवको ग्रुपलाई प्रचण्ड निकट मानिन्छ भन्ने युवा नेता महेश यादव पक्षलाई मातृका निकट मानिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?