'गाउँमा टुकी बालेर मजेरीमा बसेर गीत गाउँदै हिँडियाे'
गोरखापत्र अनलाइन
पुष १८, २०७८ आइतवार
घट्टेकुलोको भित्री गल्ली, डेरा रुपी छिंडीको छहारी तर सधैं सांगीतिक माहोल । हारमोनियमको मधुर धुनसँगै जनगायक अर्थात् जनताका गायक जीवन शर्माको जीवन संघर्ष जारी छ । उमेरले ६२ वर्ष टेक्नु भएका शर्माका गीतमा जस्तै जनताका दुःख, सादा र सरल जीवनशैली उहाँको वास्तविक जीवनमा झल्कन्छ । उपत्यकाका सडक र गल्लीमा निरन्तर पैदलयात्रा । ‘हिजो पनि मसँग गीत र संगीत थियो, जनताको भाका थियो । आज पनि जनताको भाका छ । गीत छ, संगीत छ’, शर्मा भन्नुहुन्छ,...