हेमनाथ खतिवडा
रसुवा, भदौ २६ गते । गाउँमै च्याउ खेती गरेर मनग्य आम्दानी लिन थालेपछि कालिका गापा ३ कटुन्जेमा एक महिला उद्यमी रमेर च्याउ खेतीमा लागेका छन् ।
कालिका गाउँपालिका वडा नं ३ कटुन्जेकी चन्दकुमारी न्यौपानेले गाउँमै च्याउलगायतका तरकारी र फलफुल उत्पादन गर्ने उद्देश्यले मनकामना च्याउ तथा फलफुल उद्योग दर्ता गर्नुभयो । उहाँले ०७४ कार्तिकमा स्थानीय तहमा र ०७४ फागुनमा घरेलुमा व्यवसाय दर्ता गर्नुभयो । च्याउ वर्षभरीमा असार र साउन महिना बाहेक सदैव उत्पादन गर्न सकिन्छ । दैनिक घरखर्च चलाउने र छोराहरु पढाउन सहज भएको छ ।
पराललाई काटेर टुक्रा गरिन्छ । सफा पानीले पखाल्ने र उसिनेर सेलाउएपछि प्लाष्टिकको पोका पारेर त्यसमा च्याउको बीउ राखिन्छ । पोकालाइ अध्यारो कोठामा राख्नुपर्छ । रोपेको १ महिनामा च्याउ खानका लागि तयार हुन्छ । गाउँमै अहिले प्रतिकेजी २ सयमा बिक्री भएको छ । उहाँको ३ वटा च्याउका टनेल छन् । च्याउबाट वर्षमा ४ लाख रुपियाँ आम्दानी लिने गरेको चन्द्रकुमारी न्यौपानेले बताउनुभयो । अहिले ५ सय ९० पोकमा च्याउ उत्पादन गरिरहेको चन्द्रकुमारीले भन्नुभयो कर्म गरे फल मिल्छ भनेको चरितार्थ भयो च्याउ खेतीबाट जिवीका चलेको छ । मेहनत गरे कामका लागि विदेश जानु पर्ने रहेनछ ।
उहाँको परिवारले च्याउ खेती बारे काठमाण्डौमा सिप सिकेका थिए । ०६२ सालमा परिवार सहित काठमाण्डौको बलम्बुमा च्याउ, चटपटे बेच्न थालेका थिए । एकवर्ष पछि आफैले जग्गा भाडामा लिएर बलम्बुमै च्याउ खेती थालेर परिवारको जीविका मात्र होईन उनले दुइवटा छोरालाई निजी स्कुलमा पढाए । अहिले दुवै छोराहरू निजी कलेजमै उच्च शिक्षा अध्ययनमा छन् । काठमाण्डौमा दशवर्ष गोब्रे च्याउ खेती गरेर गाउँ फर्केर परिवारले आफ्नै जग्गामा परालको टनेल हालेर च्याउ खेती सुरुगर्नुभयो । वर्षमा तीन लट च्याउ खेती गरिरहेको छु ।
सुरुमा च्याउ खेतीका लागि घरेलु, कृषि र परिवर्तन पात्रले सहयोग गरेको छ । परिवारको जिवीका चलाउनका लागि विदेश जान नपर्ने उदाहरण गाउँमै देखाएका छन् ।
च्याउ बिक्रीका लागि कालिकास्थान, घुम्ती बजारदेखि बेत्रावती र गाउँघरसम्म बिक्री गरिरहेको बताउनुभयो । कन्ये च्याउ खेती गरिरहेका मासिक १ कमाएको उहाँले बताउनुभयो । २८ फिट लामो र २२ फिट चौडाईका ३ वटा पराले घर छन् । आफ्नै जग्गामा थालेको च्याउ खेती अव निरन्तरता दिने र त्यसैबाट जिविका चलाउन सकिने आँट गरेकोले व्यवसाय गाउँमै नमुना देखिएको छ ।
न्यौपानेले आफ्नो पतिको सहयोगमा च्याउ खेतीमा निकै व्यस्त छन् २०/३० हजार कामाउन विदेशमै जानु पर्दैन भन्ने उदाहरण देखाउनुभएको छ । वर्षमा तीन लट मात्र खेती गरिरहेको तर यसवर्ष खेतमा कमै खेती सकेर अर्को लट पनि च्याउ लगाउने बताउनुभयो । “पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान मार्गमै रहेको उहाँको फर्म हेर्ने र च्याउ किनेर लैजने धेरै पनि आउछन् ,उत्पादन गर्न सके बजार समस्या छैन घरमै बिक्छ । चन्द्रकुमारीले भन्नुभयो यही बसेर पैसा कमाउन सकिने रहेछ ।”
कन्ये च्याउ परालमा जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । पहाडी जिल्ला रसुवामा उत्पादित च्याउले बजारमा बिक्ने भएपछि गाउँमा आफै गाउँघरमा डुलेर बिक्री गर्नेगर्दछन् । उहाँले बजारमा लगेर बिक्री गर्नुहुन्छ हामी परिवारमा मिलेर काम गरिरहेका छौं । लकडाउनमा पनि उत्तिकै उत्पादन गरिरहेको उहाँले बताउनुभयो । यसवर्ष सितके च्याउ बारेपनि तालिम लिएका छन् । लगानी जुटाउन सकेमा सिताके च्याउ पनि खेती गर्ने उहाँको सोच छ ।