logo
२०८१ मंसिर १४ शुक्रवार



चितवनमा शनिबार मात्रै ८७ जनामा कोरोना संक्रमित थपिए

फिचर |


चितवनमा शनिबार मात्रै ८७ जनामा कोरोना संक्रमित थपिए


शालिग्राम नेपाल
चितवन, भदौ २७ गते । शुक्रबार ७१ जना संक्रमित देखिएको चितवनमा शनिबार ८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर मात्रै ७३ जना पोजेटिभ भएका छन् । मा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनु भयो । शुक्रबार ६५ जना महानगरमा नयाँ संक्रमित भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?