logo
२०८१ मंसिर १४ शुक्रवार



कतै भ्रमण नगरेका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु   

फिचर |


कतै भ्रमण नगरेका  ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु   


तारा चापागाई (कास्की) / अर्जुन काफ्ले (स्याङ्जा)
भदौ २७ गते । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।    
    
सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदेशमा दुई हजार ८२० सङ्क्रमित भएकामा एक हजार ८४९ निको भएका छन् ।

मृत्यु भएका ती पुरूषकाे कतै भ्रमण नगरेका बताइएकाे छ । २० बर्षबाट दमको रोगबाट पीडित औषधी सेवन गर्नु भएका बृद्धलाई एक हप्ता पहिला जिल्ला अस्पताल स्याङ्जालले रिफर गरेपछि पोखरा लगिएको थियो ।

कोरोनाको कारणले निधन भएका वृद्धालाई छोराले पोखरासम्म लग्नु भएको थियो भने वृद्ध पितालाई अस्पताल लग्ने छोरालाई समेत कोरोना पुष्टि भएको र आइसोलेसनमा राखिएको छ ।

कोरोनाको कारण बाबुको निधन छोरामा कोरोना पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्क भएकाहरूकाे खोजी भइरहेकाे जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
वृद्धाको निधनसँगै स्याङ्जामा निधन हुनेको संख्या तीन पुगेको छ । यसअघि जेठ २५ गते र असार १० गते पनि एक एकजनाकाे निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?