logo
२०८१ असोज १३ आईतवार



नारच्याङको शिरैमा कति राम्रो झरना (फोटोफिचर)

फिचर |
प्रदेश |


नारच्याङको शिरैमा कति राम्रो झरना (फोटोफिचर)


ठाकुरप्रसाद आचार्य
बेनी, असोज १६ गते । गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्णगाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहरा खोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ ।
मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाका कारण पर्यटकहरु लोभिने गर्दछन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण झरनाको अवलोकनमा विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक फाट्ट फुट्ट आउने गरेको स्थानीयबासी टेकबहादुर पुनले बताउनुभयो ।
झरनाको तल फेदीमा भुमे थानको मन्दिर छ । झरनाको फेदीमा पुग्न पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनको यात्राबाट तीनघण्टामा झरनामा पुग्न सकिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?