logo
२०८१ असोज १३ आईतवार



बाँकेमा संक्रमितको संख्या दुई हजार नजिक पुग्यो, भेरीमा ७५ शय्या थपिने

फिचर |
खुला |


बाँकेमा संक्रमितको संख्या दुई हजार नजिक पुग्यो, भेरीमा ७५ शय्या थपिने
नेपालगञ्जस्थित भेरी अस्पताल,  तस्बिर - सिराज खान



सिराज खान
नेपालगञ्ज, असोज १६ गते । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै नेपालका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमित थपिने क्रमले तीब्रता पाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या बढेर अहिले दुई हजार नजिक पुगेको छ । जिल्लाका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बाँकेमा कुल संक्रमितको संख्या १९८३ पुगेको बताउनुभयो । उहाँले ती मध्ये १५४२ जना कोरोना मुक्त भएर घर फर्किसेकेको पनि जनाउनुभयो ।

यसैगरी, कोरोनाबाट बाँकेमा हालसम्म १८ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म भेरी अस्पतालको प्रयोगशालाको परीक्षणबाट जिल्लामा थप ६ जना संक्रमित थपिएका छन् । अन्य निजी प्रयोगशालाको शुक्रबारको नतिजा आउन बाँकी छ । यसअघि बिहीबार मात्रै बाँकेमा १२ महिला र ५२ पुरुषमा गरेर ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये भेरी अस्पतालको प्रयोगशालामा ३४ जना, नेपालगञ्ज मेडिकल कलेजको ल्याबमा २६ जना र बागेश्वरी ल्याबबाट चार जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँले बिहीबार एकजनामात्र डिस्चार्ज भएको र शुक्रबार कोही पनि निको नभएको बाँकेमा बिहीबार साँझ ९ बजे सम्ममा ६४ जना नयाँ संक्रमित थपिएका थिए ।

संक्रमित थपिँदै गएपछि भेरी अस्पतालमा रहेको भेरी विशेष कोरोना अस्पतालमा ७५ शय्या थप्ने निर्णय गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले गरेको केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?