logo
२०८१ असोज ११ शुक्रवार



जीप दुर्घटना पाँच जनाको मृत्यु, छ घाइते

फिचर |
पढ्नै पर्ने |


जीप दुर्घटना पाँच जनाको मृत्यु, छ घाइते


गोकर्ण दयाल
बैतडी, मङ्सिर ९ गते । बैतडीको झुलाघाटमा जीप दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मंगलबार १ बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जिप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परेर कलावति चन्द, भगिरथ पाण्डेय, पार्वतीदेवी चन्द, सोही नामकी अर्की पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

त्यसै गरी घाइते हुनेमा रविन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना गरी ६ जना घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?