logo
२०८१ असोज ११ शुक्रवार



अपाङ्गता दिवस आज

फिचर |
खुला |


अपाङ्गता दिवस आज




गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस बिहीबार मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि
हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवसमनाइने भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी दिइयो । महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गताको विषयलाई सम्बोधन गर्न यकिन तथ्याङ्क आउने गरी राष्ट्रिय जनगणना २०७८ मा हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?