logo
२०८० चैत्र १५ बिहीवार



ताप्लेजुङमा बुष्टर डोजको तयारी

प्रदेश |


ताप्लेजुङमा बुष्टर डोजको तयारी


फुङ्लिङ, माघ १५ गते । ताप्लेजुङमा आजदेखि कोरोनाविरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो ।

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।

नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरुमार्फत बुष्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?