प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज
रासस
मंसिर २८, २०७७ आईतवार
शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो ।
दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत टिकट लिन पाउँदा खुशी देखिनुहुन्थ्यो । “पहिला दाङ जानका लागि बसपार्कमा आउँदा सार्वजनिक बसका कर्मचारीले तानातान गरेर हैरान पारेका थिए, यसपटक सहज रुपमा दाङ जाने बसको टिकट काउण्टरमा गएर सहज टिकट लिन पायाँै”, उहाँ...