सिर्जनात्मक कामलाई ५० लाखसम्म कर्जा दिने कार्यविधि स्वीकृत
रासस
मंसिर १७, २०७७ बुधबार
के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपार्इंका लागि कुनै समस्या नहुने भएको छ । सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ ।
त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई...