दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम
रासस
मंसिर १७, २०७७ बुधबार
करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ ।
कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धुर्व काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । नियमानुसार...