नेप्सेमा उछाल, आज ६५ अङ्कको वृद्धि
रासस
मंसिर १०, २०७७ बुधबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३६२.३३ मा पुगेको छ । शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन...