नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि
रासस
मंसिर ९, २०७७ मंगलवार
धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।
आइतबार र सोमबार मात्रै झण्डै रु १२ अर्ब बराबरको कारोवार भएको बजारमा आज पनि कारोवार रकम रु पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो...