नलगाड जलविद्युत् आयोजनाको डिपिआरको काम तत्काल सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
रासस
मंसिर ६, २०७७ शनिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो ।
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका वन तथा वातावरणमन्त्री...