जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे, चेकजाँच कडा बनाइँदै
गोरखापत्र अनलाइन
आश्विन १३, २०७७ मंगलवार
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको...