प्रदेश नं.२ मा ९८७ जना निको भएर घर फर्के, कोरोना नियन्त्रणतर्फ
गोरखापत्र अनलाइन
आश्विन १२, २०७७ सोमबार
प्रदेश नं. २ मा २४ घण्टामा आजसम्मकै सबैभन्दा बढी २२७ महिला र ७६० पुरुष गरी ९८७ जना कोरोनाको संक्रमणबाट संक्रमण मुक्त भएर घर फर्केका छन् । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या आठहजार ७३६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।
यस्तै, प्रदेश नं.२ मा सोमबार ३६ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । विस्तारै कोरोना संक्रमण नियन्त्रण तर्फ आउन थालेको...