निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो
गोरखापत्र अनलाइन
असार २२, २०७७ सोमबार
आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण देखाउँदै निजी अस्पताल, मेडिकल तथा नर्सिङ कलेजहरू र स्वास्थ्यसँग सम्वद्ध संस्थाहरूले चिकित्सक तथा नर्सहरूको रोजगारी खोसेको आरोप चिकित्सक सङ्घ र नर्सिङ सङ्घले लगाएका हुन् ।
चिकित्सक सङ्घ कोशी...