बझाङका पहिरो पीडितका लागि हेलिकाेप्टरमार्फत राहत सामग्री पु-याइयो
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका-८ मल्लेसी गाउँमा १८ घर परिवारको उठीबास भएपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत सामग्री ल्याएको छ । शनिबार दिउँसो सुर्खेतबाट उडेको हेलिकाेप्टरले धनगडीबाट राहत सामग्री ल्याएर सदरमुकाम चैनपुरनजिकै रहेको भोपुर ब्यारेकमा अवतरण गरेको हो ।
पहिरो पीडितहरूका लागि खाद्यान्न, लुगा कपडा, पाल र भाँडाकुँडाहरू ल्याइएको बताइएको छ । राहत सामग्री घटनास्थलसम्म...