सङ्क्रमित भेटिएपछि मुस्ताङको तिब्बती शरणार्थी शिविर सिल
गोरखापत्र अनलाइन
असार ८, २०७७ सोमबार
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१, छैरोमा रहेको तिब्बती शरणार्थी शिविरमा एक जना सङ्क्रमित भेटिएपछि शिविरलाई आइतबारदेखि सिल गरिएको छ । काठमाडौँको बौद्धबाट आएर शिविरमा बसेका ८२ वर्षीय शरणार्थीमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि क्याम्पलाई सिल गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो । काठमाडौँबाट आएपछि आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाइएकोमा...