मृतक सङ्क्रमितका श्रीमती र दुई छोरामा पनि सङ्क्रमण, अत्तरीया बजार सिल
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
गोदावरी, असार ६ गते । कैलालीको गोदावरी नगरपालिका- १ मा कोरोना सङ्क्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका घरपरिवारका तीन जना सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीया श्रीमती र उनका १६ र २१ वर्षीय छोरामा कोरोना सङ्क्रमण पृष्टि भएको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले बताउनुभयो । यस्तै, सोही ठाउँका ५८ वर्षीय छिमेकी पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको...