बाजुरामा थप ४१ जनामा कोरोना पुष्टि
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
बाजुराको बडिमालिका नगरपालिकाको मालिका मावि, बाजुरा क्पाम्पस र जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा बस्दैआएका ४१ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका आरडीटी पोजिटिभ, कोभिड १९ का शङ्कास्पद बिरामी तथा पीसीआर र आरडीटी पोजिटिभको सम्पर्कमा आएका व्यक्तिहरूको गत जेठ २२ र ३१ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको थियो ।