टिपर दुर्घटनामा एक चिनियाँको मृत्यु, इञ्जिनियर घाइते
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
लमजुङमा ढुङ्गाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ । न्यादी जलविद्युत आयोजनामा कार्यरत ३४ वर्षीय टिप्पर चालक लु च्याङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकसँग आयोजनाको ड्यामसाइड जाँदै गरेका ३० वर्षीय इन्जिनियर वु पाउ सी घाइते भएका छन् ।
बिहीबार बिहान साँढे ६ बजे ठूलीबेँसीस्थित पावरहाउसबाट नाइँचेनजिकै रहेको ड्यामसाइडमा निर्माण सामग्री लिएर जाने क्रममा बा २ क ७१९८ नम्बरको टिप्परको अघिल्लो...