कर्णालीमा एकै दिन १५२ जना डिस्चार्ज, थप १८ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०४ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएकाे परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका दुई/दुई जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै बुधबार एकै दिन १५२ जना...