क्वारेन्टाइनमा रहेका युवाद्वारा आत्महत्या
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
जिल्लाकाे शीतगङ्गा नगरपालिका वडा नंं ५, जुकेनाकाे हरि माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका ४५ वर्षका देवबहादुर विकले आत्महत्या गर्नुभएकाे छ ।
उहाँकाे जेठ २४ गते आरडीटी परीक्षणमा काेराेना पाेजिटिभ आएकाे वडा अध्यक्ष कमल पाैडेलले जानकारी दिनुभयाे । उहाँले रुखमा झुन्डिएर आत्महत्या गरेकाे जनाइएकाे छ । नमूना सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकाे छ ।