तनहुँमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
तनहुँका पाँच जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दैआएका ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै यसको जानकारी दिएको हो ।