logo
२०८० चैत्र १६ शुक्रवार



केन्द्रीय सदस्य अस्वीकार गर्दै नेता पण्डित काठमाडौं प्रस्थान

खुला |
प्रदेश |


केन्द्रीय सदस्य अस्वीकार गर्दै नेता पण्डित काठमाडौं प्रस्थान


शालिग्राम नेपाल
सौराहा, (चितवन), मङ्सिर १३ गते । नेकपा (एमाले) का नेता लालबाबु पण्डित महाधिवेशनस्थल छाडेर काठमाडौं फर्किनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई केन्दीय कमिटीमा समेट्नु भए पनि उहाँले सो पद अस्वीकार गर्नुभएको बुझिएको छ ।

पार्टीको उपाध्यक्षमा दाबी गर्नुभएका नेता पण्डितको नाम केन्द्रीय सदस्यमा आएपछि उहाँ निर्वाचन छाडेर काठमाडौं फर्किनुभएको हो । उहाँले एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेको बताउनुभयो । एमालेको दसौं महाधिवेशन चितवनको सौराहामा जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?