logo
२०८० चैत्र १५ बिहीवार



विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल

अर्थ |
राजनीति |


विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल


काठमाडौं, मङ्सिर १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा बुधबार भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भएको हो ।

अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्‍याउँदै आएको योगदानको लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वबैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउदै आइरहेको सहयोगमहत्वपुर्ण रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलासँग बृहत छलफल गरी प्रभावकारी बनाइने बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ विश्व बैंकबाट प्राप्तसहयोगले ठूलो योगदान दिइरहेको छ । यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसंग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गकालागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथाबजारको माग अनुसार रोजगारी आपुर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

श्रमरोजगारी तथा सीप तालिमलाइ एकीकृत रुपमा संचालन गर्न स्थानीय तह मार्फत नमुना सेवाकेन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको बताउनुहुँदै उहाँले विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

बेरोजगार, गरीब र जोखिमपुर्ण अवस्थामा रहेका समुदायकोउत्थानकोलागिहाल संचालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षण सम्बन्धि क्रियाकलापहरुएकीकृत रुपमा संचालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले बिश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकासतथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताउनुभयो । विश्वबैंक नेपालकोप्रमुख सहायता प्रदान गर्ने साझेदार संस्था हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?