गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । पछिल्लो २४ घण्टामा थप दुई हजार ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २९१ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्