गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ ।
बुधबार एक समारोहका बीच अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो । वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।
डा. शर्माका अनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको बताउनुभएको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइने उहाँले जानकारी दिनुभयो ।