logo
२०८१ मंसिर १५ शनिवार



एकै महिलामा कोरोनाको दुई फरक स्वरुपको सङ्क्रमण

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


एकै महिलामा कोरोनाको दुई फरक स्वरुपको सङ्क्रमण
तस्विर-पोक्लिनोसा


गोरखापत्र अनलाइन
काठमाडौं, असार २७ गते । एकैपटकमा एक ब्यक्तिमा कोभिड १९ को दुई स्वरुप पाइएको छ । गत् मार्च महिनामा मृत्यु भएको बेल्जियमको एक ९० वर्षीया महिलामा कोरोनाको अल्फा र बिटा स्वरुप पाइएको विज्ञहरुले जनाएका छन् । महिलालाई कोभिड १९ बिरुद्धको खोप लगाइएको थिएन ।
बीबीसीका अनुसार अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि उहाँका चिकित्सकले दुईजनाबाट उहाँमा सङ्क्रमण आएको बताउनुभएको छ । चिकित्सकले कोरोनाको दुई स्वरुप फेला परेको यो पहिलो दस्तावेजीकरण भएको बिरामी रहेको दाबी गरेका छन् ।
अस्पतालमा भर्ना भएपछि उहाँको स्वाब नमूना सङ्कलन गरिएको थियो । जसमा कोभिड १९ को अल्फा र बिटा स्वरुप रहेको पुष्टि भयो । ओएलभी अस्पतालमा कार्यरत प्रमुख शोधकत्र्ता डा एनी भेनकीरबर्घेनले बेल्जियममा त्यत्तिबेला दुबै स्वरुपको सङ्क्रमण रहेको बताउनुभएको छ । तर उहाँ कसरी दुबै स्वरुपबाट सङ्क्रमित हुन पुगेको आफूलाई जानकारी नभएको बताउनुभएको छ ।
उहाँले महिला एक्लै बस्दै आएको भए पनि उहाँलाई हेरचाह गर्न नियमित रुपमा फरक फरक ब्यक्ति आएको प्रष्ट्याउनुभएको छ । गत जनवरी २०२१ मा ब्राजिलका चिकित्सकहरुले दुई जना कोभिड १९ को दुई स्वरुपबाट सङ्क्रमित भएको बताएका थिए । जसमध्ये एउटा स्वरुप गामा थियो । पोर्चुगलका शोधकत्र्ताले एक जना १७ वर्षको ब्यक्तिमा कोरोनाको एक स्वरुपबाट निको हुँदै गर्दा अर्को स्वरुपबाट सङ्क्रमित भएको फेला पारेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?