logo
२०८१ मंसिर १५ शनिवार

  दृश्य समाचार  



खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

स्वास्थ्य |


खाेप लगाएकालाई  पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन


बिष्णु पाण्डेय, दृश्यमा मनाेजरत्न शाही 
काठमाडौं, असार ३१ गते । सङ्क्रमणको निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ । जनस्वास्थ्यविद् प्रा.डा. सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ ।
 
अहिले पनि कोरोना भाइरसको जाखिम कायम नै रहेको बताउनुहुँदै जनस्वास्थ्यविद् महरठ्ठाले अनावश्यक हिँड्डुलमा प्रतिबन्ध लगाउन नसके कोरोना नियन्त्रणमा लिन गाह्रो हुने बताउनुभयो । योसँगै पीसीआर परीक्षणको मात्रा पनि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको आवश्यकता भनेको तीन तहका सरकारको समन्वय रहेको बताउनुभयो ।
 
साथै, अस्पतालको व्यवस्थापन, स्वास्थ्यकर्मीहरुलाई तालिम र स्वास्थ्य पूर्वाधारको निर्माणमा जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार सङ्क्रमणको पहिलो लहरलाई हेरेर दोस्रो लहरको तयारीमा जुट्न सकेको भए भयावह अवस्था आउन सक्दैन थियो । साथै, अस्पतालहरुको व्यवस्थापनमा ध्यान नपुगेकाले दोस्रो लहरमा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाउनु परेको उहाँको दाबी छ ।
 
 
 
 
 
 
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?