logo
२०८१ मंसिर १४ शुक्रवार



अष्ट्राजेनिका खोप लगाउन काठमाडौंमा १४४ केन्द्र, अनलाइन इन्ट्री नगराएकालाई खोप दिए कारबाही गरिने

स्वास्थ्य |
खुला |


अष्ट्राजेनिका खोप लगाउन काठमाडौंमा १४४ केन्द्र, अनलाइन इन्ट्री नगराएकालाई खोप दिए कारबाही गरिने


काठमाडौं, साउन २४ गते । भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई साउन २५ गते सोमबारदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको हो । यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको हो ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै अष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिइने भएको हो ।

स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिनएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?