गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । काठमाडौंमा भोलि (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।
यही भदाै ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।