काठमाडौँ, भदौ ८ गते । काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे । काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, ललितपुरमा दुई हजार २५९ जना र भक्तपुरमा एक हजार ४१६ रहेको छ ।